नेपाली पुष्पा सिएनएन हिरो

सन् २०१० मा नेपालकै अनुराधा कोइरालाले जितेकी सिएनएन हिरोको उपाधि  यो वर्ष फेरी नेपालकै पोल्टामा परेको छ । यो वर्ष  नेपालकी पुष्पा बस्नेतलेले यो  प्रतिष्ठित अवार्ड जितेकी छिन् । अमेरिकाको लसएन्जल्समा आइतबार सांझ  ६:०० बजे आयोजित भव्य समारोहमा विश्वभरका १० समाजसेवीमध्येबाट पुष्पालाई ‘सीएनएन हिरो’ घोषणा गरिएको हो । उपाधिसंगै उनले २ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाएकी छिन् । उनले अरु ९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

कारागारमा रहेका वालवालिकाको हेरचार र पढाइका लागि आश्रम सञ्चालन गर्दै आएकी बस्नेतले आफ्नो योगदानको कदर गर्दै अवार्ड प्रदान गरेकोमा खुशी ब्यक्त गरिन् । संसारकै प्रतिष्ठित पुरस्कारहरूमध्येमा पर्ने ‘सीएनएन हिरोका लागि करिब १ सय मुलुकका १० हजारभन्दा बढी समाजसेवीको नाम सिफारिस भएको थियो । करिब आठ महिना अघि इन्टरनेटबाट सुरु भएको छनोट प्रक्रिया अन्तर्गत करिब दुई महिना अघिको उत्कृष्ट १० को सुचि छनौटको चरणमा बस्नेत ‘सीएनएन हिरो’को उत्कृष्ट १० मा छनौट परेकी थिइन् । यसअघि जित्नुभएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।