युवा संघले युथफोर्सलाई व्यूँताउने
कपन अनलाइन महाधिवेशनको तयारीमा रहेको एमालेको भातृ संगठन युवा संघ नेपाले आफ्नो विधान सम्मेलन हालै काठमाडौंमा सम्पन्न गरेको छ । नेपालमा रहेका राजनीतिक संगठनहरुको भातृ संस्थाले गरेको यस्तो किसिमको सम्मेलन यो पहिलो हो । विधानमाथि छलफल र नेतृत्व चयन एकसाथ हुने यसखाले सम्मेलनबाट आमरुपमा हुने सम्मेलनजस्तो नेतृत्वको मात्र कसरतलाई संस्थाको विधान तथा रणनीतिसँग पनि जोडिने संस्थाको अध्यक्ष महेश बस्नेतले बताए ।
युवा संघका वर्तमान अध्यक्ष महेश बस्नेतले पुनः नेतृत्वको दावी गरेपछि हालका उपाध्यक्षहरुबीच पनि महाधिवेशनमा आफ्नो छलफल र चलखेल शुरु भएको छ । हालसम्म अध्यक्षमा महेश बस्नेत, महासचिवमा निरज आचार्य र उपाध्यक्षमा दिलु पन्त र हिरा नेतृत्व दावी गरिरहेका छन् ।
विधान सम्मेलनमा काम, हैसियत तथा भूमिकाको बारेमा पनि प्रतिनिधिहरुबीच मत बाझिएका थिए । यस पटकदेखि युवा संघले केन्द्रिय लेखा परीक्षण आयोग, अनुशासन आयोग र राष्टिय युवा परिषद गठन गर्ने गरी विधान तयार पारेका छ । यसैगरी युथ फोर्सलाई पनि गाउँ तथा वडास्तरमा पुनः सक्रिय बनाउने गरी विधान संशोधन गर्ने जनाएको छ ।