अमेरिकी डीभी भिसा बन्द हुने सम्भाबना

राम्रो नराम्रो त थाहा भएन तर अमेरिकी सरकारले केही बर्ष देखि दिदै आएको डीभी चिठ्ठा भिसा यसपटकदेखि बन्द हुने सम्भाबना रहेको बताइएको छ ।

हाउस अफ रेप्रेजेन्टेटिभले मात्रै पास गरेको एक प्रस्ताबमा डीभी चिठ्ठा भिसा रद्द गरेर यसको साटो अन्य खालको भिसा दिने बारेमा बताईएको छ । यस बारेमा अन्तिम निर्णय सिनेटले सदर गरे पछि मात्र हुने भएकोले अहिले नै निर्क्योल गर्न नसकिने अबस्था छ  । हरेक बर्ष अमेरिकाले ५५ हजार व्यक्तिलाई दिने भिसालाइ अझ ब्यबस्थित गर्ने खोजिएको बिलले  डीभी भिसाको भबिष्य निर्धारण गर्ने छ।

नेपालीहरुले राम्रै संख्यामा यस्तो चिठ्ठा पार्ने गरेकोले यदी बिल सिनेटले सदर गरेमा अब देखी अमेरिका जाने नेपालीको संख्यामा उल्लेख्य रुपमा कमी आउने छ ।

अमेरिकी सरकारले चिठ्ठाको आधारमा भिसा दिनुको सट्टा अमेरिकामा नै पढेर डिग्री हाँसिल गरेका व्यक्तिलाई भिसा दिन सजिलो बनाउने बताइएको छ ।

यस बारेमा वासिंगटन पोस्टको रिपोर्ट (अंग्रेजीमा) यहाँ पढ्न सकिन्छ !

तपाइँको प्रतिक्रिया ।