एसइईमा भोजपुरबाट ३,४३३ सहभागी

कपन अनलाइन 

भोजपुर, ४ चैत । यस वर्षको कक्षा १० को एसएलसीबाट परिबर्तित एसइई (माध्यमिक शिक्षा परीक्षा)मा भोजपुरबाट तीन हजार चारसय ३३ विद्यार्थी सहभागी भएका छन् ।

जिल्ला शिक्षा कार्यालय भोजपुरका अनुसार नियमिततर्फ दुईहजार नौसय ८१ विद्यार्थी परीक्षामा सामेल भएका हुन् । त्यसमध्ये एक्जाम्टेडतर्फ दुईसय ६२ र ग्रेडवृद्धितर्फ दुईसय ५६ विद्यार्थी परीक्षामा सामेल भएकोे जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यस वर्षको एसइई परीक्षा भोजपुरमा १९ वटा केन्द्रमा सञ्चालन भइरहेको छ । एसइई परीक्षा भोजपुरका सबै केन्द्रमा शान्त वातावरणमा भइरहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

जिल्लामा पाँच निजीसहित ७१ मावि रहेका छन् । परीक्षा बिहीबारदेखि देशभर सञ्चालन भइरहेको छ । रासस

तपाइँको प्रतिक्रिया ।