कृषि वनका लागि रु चौरासी लाख
कपन अनलाइन
बनियानी (झापा), २ चैत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि वन कार्यक्रमका लागि वन मन्त्रालयले रू ८४ लाख बजेट प्रदान गरेको छ ।
सुपरजोन र पकेट क्षेत्रलाई लक्षित गरी वन मन्त्रालयले उक्त रकम प्रदान गरेको सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । कृषि वन प्रवद्र्धनका लागि रू २२ लाख, कृषि वन विकास कार्यक्रमका लागि रू ५१ लाख, स्थलगत प्राविधिक सहयोगका लागि रू ६ लाख र अनुगमन तथा अन्य कार्यक्रमका लागि रू चार लाख ८५ हजार प्राप्त भएको उहाँले बताउनुभयो ।
कृषि र वनलाई सँगसँगै लैजाने सरकारको लक्ष्यअनुसार कार्यक्रम आएको हो । कृषकको माग र आवश्यकता अनुसार बिरुवा उत्पादन तथा वितरण गरिने छ । रासस
तपाइँको प्रतिक्रिया ।