काठमाडौँ जिल्ला स्तरीय नवौ राष्ट्रपनि रनिंग सिल्ड चैत्र २० देखि २२ गते रंगशालामा हुने
कपन अनलाइन
काठमाडौँ जिल्ला स्तरीय नवौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा आउदो चैत्र २० देखि २२ गते रंगशालामा मा हुने भएको छ ।
काठमाडौँ जिल्ला स्थानीय विकास अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा काठमाडौँ जिल्ला बिकास समितिको कार्यालयमा बसेको बैठकले मिति तय गरेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी, जिल्ला शिक्षा अधिकारी जय प्रसाद आचार्य जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धुर्वराज न्यौपानेले, महानगरीय प्रहरी परिसर प्रमुख छविलाल जोशी तथा जिल्ला खेलकुद बिकास समिति काठमाडौँका कार्यालय प्रमुख लिला राम बस्नेतको उपस्थिति थियो ।
चैत्र २० देखि २२ गते हुने राष्ट्रपति रनिङ शिल्डमा भलिबल, उसु, तेक्वान्दो, कराते, कबर्डी, एथलेटिक्स गरि ६ खेलहरु समाबेस हुने छन् ।
तपाइँको प्रतिक्रिया ।