कपन प्रभागले गाँजालगायत लागु औषधी सेवन गर्नेहरुलाई विशेष धरपकड गर्दै

कपन प्रभागले गाँजालगायत लागु औषधी सेवन गर्नेहरुलाई विशेष धरपकड गर्दै

कपन अनलाइन, काठमाडौँ । कपन प्रहरी प्रभाग आफ्नो क्षेत्रमा लागु औषध नियन्त्रण विशेष सक्रिय भएको छ । कपन क्षेत्र गाँजालगायत बिभिन्न लागु औषध सेवनको हव बन्दै गएको भन्ने विशेष रिपोर्टिंङ भए अनुसार निगरानी बढाइएको बताइएको छ । कपन प्रभागमा नयाँ इन्चार्ज आएको अवसरमा भएको परिचयात्मक अन्तक्र्रिया कार्यक्रम विपिन रेग्मीको निर्देशनानुसार भएको निगरानी भएको प्रभागले जनाएको छ ।
प्रभागले औषधी पसलहरुबाट बेचबिखन हुने लागु औषधलाई कन्ट्रोल गर्ने तयारी पनि गरेको छ । प्रभागले यस क्षेत्रको ३ वटा औषधि पसललाई चेतावानी दिइसकेको छ । बालुवाखानीबाट एकजना पसले र दुईजना सेवन गर्ने उपभोक्ता पनि पक्राउ गरेको प्रभागका इन्चार्ज जनाएको छ ।
स्कूले ठिटाहरुमा गाँजा सेवनको समस्या बढेको पनि प्रभागले बताएको छ । साततले तथा फैका क्षेत्रमा यस्ता केटाहरु देखिएको र सो क्षेत्रमा विशेष निगरानी शुरु गरिएको छ । गाँजा खाने केटाहरु दैनिक रुपमा पक्राउ पर्न थालेपछि यी क्षेत्रहरुमा निगरानी शुरु गरिएको हो ।

तपाइँको प्रतिक्रिया ।