“हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ “- पूर्व राजा ज्ञानेन्द्र
कपन अनलाइन, रत्ननगर (चितवन) । पूर्वराजा ज्ञानेन्द्र शाहले “हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ भनेका छन् । आइतबार नारायणगढमा जारी विराट गोरक्ष महायज्ञमा रु एक लाख सहयोग गर्न पुगेका पूर्व राजाले सो कुरा बताएका हुन् ।
पत्नी कोमलको जन्मोत्सव मनाउन चितवनमा रहेका पूर्व राजाले आइतबार नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी नगद सहयोग गरेका हुन् । महायज्ञ परिसरमा उनले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गरेका थिए ।
महायज्ञमा पुगेका पत्रकारले सोधेको एक प्रश्नमा पूर्वराजा शाहले भन्नुभयो, “हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ ।” भनेका हुन् । महायज्ञमा पूर्वराजा र पूर्वरानी कोमललाई सर्वसाधारणले स्वागत गरेका थिए । शनिवार कोमलको जन्मोत्सव पश्चिम चितवनको बाराही रिसोर्टमा मनाइएको छ ।