विद्यालयलाई दश लाख सहयोग

कपन अनलाइन 

बाबियाचौर (म्याग्दी), ७ फागुन । म्याग्दीको देवीस्थानस्थित भिम माविलाई एकै परिवारले रु १० लाखभन्दा बढी नगद सहयोग गरेका छन् ।

देवीस्थान–२ का धाजेन्द्र, विश्व, सुरेन्द्र र वीरेन्द्र तुलाचनले दिवङ्गत बुबा गङ्गाबहादुर तुलाचनको स्मृतिमा सो विद्यालयलाई रु १० लाख २५ हजार सहयोग गर्नुभएको हो ।

विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सहयोगदातालाई सम्मान गर्दैै स्थानीय तमबहादुर पुर्जाले तुलाचन परिवारको सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

उक्त सहयोग रकम कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्न परिचालन गर्ने विधालयका प्रअ डम्मरबहादुर घर्तीले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।