जोरधाराले लगाएको महायज्ञको हिसाब अझै विवादमै अल्झियो
जोरधाराले लगाएको महायज्ञको हिसाब अझै विवादमै अल्झियो कपनमा जोरधारा खानेपानीले करिब ८०० घर परिवारलाई खानेपानीको व्यवस्था गर्दै आइरहेको छ । आन्तरिक व्यवस्थापनका क्षेत्रमा रहेको विभिन्न कमिकमजोरीका कारण विभिन्न विषयमा विवादमा आइरहने संस्थाको रुपमा पनि जोरधारा खानेपानी संजोरधाराले लगाएको महायज्ञको हिसाब अझै विवादमै अल्झियो स्था परिचित छ । यसैगरी विवादका सिलसिला बढ्ने क्रममा अहिले गत श्रावण महिनामा लागाएको श्रीमद्भागवत महायज्ञमा भएको खर्चले जोरधारालाई तनाव उत्पन्न भएको छ ।
महायज्ञको हिसाव सार्वजनिक गर्ने भनेर एकहप्ता बोलाइएको बैठक पनि हिसावमा देखिएको गडबडिका कारण विना निश्कर्ष रोकिएपछि आज फेरि सार्वजनिक हैसियतका केही गुनेचुनेका व्यक्तिहरुको उपस्थितिमा महायज्ञको हिसाब सार्वजनिक गरिएको छ । यद्यपि आज सार्वजनिक गरिएको हिसाब पनि विवादित भएको छ । उपस्थित धेरैले अझै यो हिसबलाई पारदर्शि मान्न सकेनन् । आजको कार्यक्रममा सहभागि केही राजनीतिक दलहरुसँग कपन अनलाइनले सोध्दा एमाओवादीले केही सकारात्मक कुरा गरे पनि ने.का. र एमालेले हिसाबमा अझै पारदर्शिता नदेखिएको बताए । कपन अनलाइनसँग कुरा गर्दै एमाओवादीका सुभाष राइले विवादबीच प्रतिवेदन पास गरिएको भए उपभोक्ता र सरोकारवालले राजेको विकल्पमा जान एमाओवादी तयार रहेको बताए ।
त्यसैगरी ने.का.का टंक सापकोटाले हिसाब अझै पारदर्शि नरहेको कारण यो प्रतिवेदन पास हुन नसक्ने बताए । उनले विशेष गरेर महायज्ञमा दिइएको फ्रेमको संख्या र प्रतिवेदनमा उल्लेख गरिएको संख्यामा करिब ४०० वटा फरक देखिएको घोटाला भएको आशंका गर्दै उनले फेरि सार्वजनिक सरोकारवालाहरुको अगुवाईमा हिसावकिताव हुनुपर्ने बताए । त्यसैगरी एमालेका नवराज भट्टराइले यदि विवादका बावजुद हिसाबलाई फस्र्यौट गर्नु ठीक होइन । यसले संस्थाको भावी योजनामा असर पर्ने भएकोले फेरि एकपटक जनआवाजलाई सम्बोधन हुनेगरी सार्वजनिक छानविन समिति निर्माण हुनु पर्ने बताए ।
यस विषयमा कपन जोराधारा खानेपानी संस्थाका उपाध्यक्ष तथा महायज्ञका संयोजक मुरारी भण्डारी भने हिसाब सबै फस्र्यौट भएको र कुनै विवाद नभएको बताउँछन् । अब महायज्ञको हिसाब फस्र्यौट भइसकेको र तत्कालिन महयज्ञका सबै समिति उपसमिति पनि आजैका मितिबाट सकिएको भण्डारीले बताए ।