कपन प्रहरी प्रभागले जनचेतनात्मक र्यालीको आयोजना गर्यो

२५ कार्तिक । कपन प्रहरी प्रभाग पछिल्लो समयमा कपन अत्याधिक सक्रिय रहेको अवस्थामा तिहारको अवसर पारेर जनचेतनात्मक र्यालीको आयोजना गरेको छ । कपन प्रहरी प्रभाग तथा कपनस्थित विभिन्न संघ संस्था एवम् स्कूलको सहभागितामा आयोजित कार्यक्रममा सहभागिहरुले द्यौसी भैलो कार्यक्रमलाई सांस्कृतिक बनाएर अनुशासनात्मक हिसावले खेल्न त्यसैगरी भट्टि पसलहरुलाई बेलुका ८ बजेभित्र बन्द गर्न अनुरोध गरिएको पम्ल्पेट बोकेर माइकिङ गरिएको थियो ।

 

कपन प्रहरी प्रभागका निरिक्षक नवराज ढुंगानाको अगुवाइमा भएको जनचेतनात्मक कार्यक्रममा कपनमा रहको विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु पनि सहभागि थिए । कपन तथा आसपासका क्षेत्रका गरिएको र्यालीमा करिब २०० को सहभागिता थियो ।

तपाइँको प्रतिक्रिया ।