तिहारको मुखमा कपनको सुरक्षासम्बन्धि अन्र्तक्रिया

यसपाला कपनमा द्यौसीभैलो रातको १२ बजेसम्ममात्र खेल्न पाइने, तासजुवा खेल्न बन्देज तथा पटाका पड्काउन नपाउने निर्णय गरेको छ । साथै भट्टि तथा रक्सि बेच्ने रेष्टुराँहरु पनि ८ बजे बन्द भैसक्नु पर्ने निर्णय भएको छ ।

 

चाडपर्वकाबीचमा हुने गरेका विभिन्न आपराधिक घटनाका साथै सामाजिक सुरक्षाको विषयलाई लिएर कपन प्रहरी प्रभागले फेरि एकपटक समाजका अगुवाहरुको भेला आयोजना गरेको छ । कपन प्रहरी प्रभागका प्रमुख नवराज ढुंगानाको पहलमा आयोजित कार्यक्रममा गाविसभित्र तथा आसपासका राजनीतिक पार्टीका साथै सामाजिक क्षेत्रमा अग्रसरहरुको उपस्थिति थियो ।
तिहारका बेलामा द्यौसीभैलोको खेल्ने नाममा हुने विभिन्न समस्याहरुका साथै पटाका पड्काउने नाममा हुने सामाजिक अशान्ति एवम् तासजुवा र रक्सि जाँडबाट आउने समस्याकाबारेमा सहभागिहरुले प्रहरीलाई अवगत गराएका थिए । अन्र्तक्रियाले यसपाला कपनमा द्यौसीभैलो रातको १२ बजेसम्ममात्र खेल्न पाइने, तासजुवा खेल्न बन्देज तथा पटाका पड्काउन नपाउने निर्णय गरेको छ । साथै भट्टि तथा रक्सि बेच्ने रेष्टुराँहरु पनि ८ बजे बन्द भैसक्नु पर्ने निर्णय भएको छ । यो निर्णयको जानकारीका लागि कपन प्रहरी प्रभागले गाविसको चारैतिर माइकिङ गर्ने निरिक्षक नवराज ढुंगानाले जानकारी दिए ।
पछिल्लो समय काठमाडौंमा मात्र नभई कपनमा पनि शान्ति सुरक्षामा देखिएको सुधारलाई तिहारका बीचमा पनि यथावत राख्न कपन प्रहरीलाई सहयोग गर्न कपनका राजनीतिक दल तथा संघसंस्थाहरुले साथ दिने कुरा कपन गाविसका पूर्व अध्यक्ष मिठाराम अधिकारीले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।