नेपाली कांग्रेस नेता तिवारीको हर्टहट्याकबाट निधन, आज राति दाहसंस्कार
कपन अनलाइन, काठमाडौँ । नेपाली कांग्रेस क्षेत्र नं. ४ नेता चिरन्जिवीनिधि तिवारीको निधन भएको छ । हिजो साँझ हर्टअट्याक भएर उनको निधन भएको नेका क्षेत्रीय सदस्य श्यामकृष्ण संगतले बताएका छन् । आज साँझ ६ बजेदेखि १० बजेसम्म पशुपति आर्यघाटमा तिवारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । विगत ५० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका तिवारी क्षेत्र नं. ४ नेपाली कांग्रेसका अभिभावक रहेको संगतले बताए ।
२००१ सालमा काठमाडौंमा जन्मिएका चिरन्जिवीनिधि तिवारी नेपाली कांग्रेसको तर्फबाट काठमाडौ क्षेत्र नं. ३ बाट ०५६ सालको संसदीय चुनावमामा उम्मेदवार पनि भएका थिए । एम ए बिएलसम्म अध्ययन गरेका तिवारी डिल्लिबजारका स्थानीय बासी हुन् ।
राजनीतिमा सक्रिय रहे पनि लामोसमयदेखि तिवारी बिभिन्न रोगबाट ग्रस्त थिए । उनको पिसाव नली अप्रेसन गरिएको थियो भने हालै पेंक्रियाज क्यान्सरको पनि शल्यक्रिया गरिएको थियो । तिवारी काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।
तिवारीका दुई छोरामध्ये एक छोरा आज अस्टेलियाबाट आउँदै गरेका कारण उनको दाहसंस्कार राति हुने संगतले बताए । संगतका अनुसार साँझ ६ बजेदेखि १० बजेसम्म तिवारीको पार्थिव शरीरलाई पशुपतिनाथ परिसरको बृद्धाश्रमको पूर्विभागमा श्रद्धाञ्जलीका लागि राखिने छ ।