अछाम जेसीजका नव निर्वाचित पदाधिकारीको पदस्थापन
कपन अनलाइन
एकेन्द्र महता /अछाम
अछाम जेसीजको तेस्रो साधारण सभावाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम आज सम्पन्न भएको छ । नेपाल जेसीजका पदाधिकारीको उपस्थिती र पूर्व उपप्रधान एवम रक्षामन्त्री भीम रावलको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।
अछाम जेसीज वर्ष २०१६ का शाखा अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको उक्त पदस्थापन कार्यक्रममा प्रमुख अतिथीको आशनवाट बोल्दै पूर्व उपप्रधानमन्त्री रावलले युवाहरुको शक्ति र उर्जा यो धर्तिमा सदुपयोग हुन जरुरी रहेको बताउनुभयो । देशले राजनीतिक स्थायित्व देख्न चाहेको भन्दै नेता रावलले जेसीजमा आवद्ध युवाहरुले त्यसतर्फ समेत भूमिका खेल्नुपर्ने बताँउनुभयो ।
नेपालीहरु संग अव पर्खिने समय नभएको भन्दै उहाँले सबै एकताबद्ध भएर देशको मुहार फेर्नुपर्ने उल्लेख गर्नुभयो । युवाहरुको भूमिका त्यसतर्फ प्रभावकारी हुनेमा उहाँको जोड थियो । कार्यक्रममा बिशिष्ट अतिथी रहेका नेपाल जेसीजका उपाध्यक्ष तथा यस क्षेत्रका निरोपित उपाध्यक्ष राजु पौडेलले जेसीजले उद्यमशिलताको विकास गर्ने र ब्यावसायिकतामा युवाहरुलाई उत्प्रेरित गर्ने बताँउनुभयो ।
कार्यक्रमको अवसरमा बयालपाटा अस्पताल लाई संस्थागत सम्मान समेत गरिएको थियो । संस्थाका तर्फवाट मेडिकल निर्देशक डा. बिकास गौचनले सम्मान ग्रहण गर्नुभएको थियो । यस्तै वर्षभरीमा उत्कृष्ठ काम गरेकोमा अछाम जेसीज वर्ष २०१६ का महाँसचिव ललित नेपाली रैगाईलाई पनि सम्मानीति गरिएको थियो ।
कार्यक्रममा अछाम जेसीजका नवनिर्वाचित पदाधिकारीहरु अध्यक्ष टिकेन्द्र भण्डारी, कार्यकारी उपाध्यक्ष ललित रैगाई, मिन बोगटी, उपाध्यक्षहरु होम साउद, बिष्णु भण्डारी, पूर्ण बहादुर खड्का, बिन्दु रावल, महाँसचिव छत्रप्रसाद धमला, कोषाध्यक्ष कविराज जोशी, कानूनि सल्लाहकार बम रावल, अध्यक्ष सल्लाहकार खेमराज ढुंगाना, थिम डाईरेक्टर दान बहादुर साउद लगायतलाई सपथ ग्रहण गराई पदस्थापन गरिएको थियो ।
उक्त कार्यक्रममा जिल्ला स्थित क्रियाशिल राजनीतिक दलका प्रमुख प्रतिनिधी, सरकारी एवम गैर सरकारी निकायका प्रमुख प्रतिनिधी, पत्रकार र जेसीजमा आस्थावान युवाहरुको सहभागिता रहेको थियो । अछाम जेसीज वर्ष २०१६ का कानूनी सल्लाहकार खेमराज ढुंगानाले जेसीज आस्था पाठ गराँउनुभएको कार्यक्रममा वर्ष २०१७ का कानूनी सल्लाहकार बम रावलले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन निवर्तमान महाँसचिव ललित रैगाई र निर्वाचन अधिकृत खडक बहादुर खड्काले गर्नुभएको थियो ।