पच्चिस गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा

कपन अनलाइन 

गौशाला, १९ माघ । महोत्तरी जिल्लाका गौशाला–६ निवासी इन्जिनियर २२ वर्षीय निशान्तकुमार साहले आफ्नो समुदायका २५ गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा गर्नुभएको छ ।

नुवाकोट जिल्लाको सहरी विकास तथा भवन निर्माण कार्यालय मदानपुरमा सिभिल इन्जिनियर पदमा कार्यरत निशान्तले आज सरस्वती पूजाको अवसरमा शिक्षाबाट वञ्चित आफ्ना समुदायका २५ बालबालिकालाई गौशाला जिरोमाइलमा अवस्थित रामजानकी बोर्डिङ स्कुलमा आफ्नै खर्चमा पढाउने घोषणा गर्नुभएको हो ।

उहाँले ती बालबालिकालाई नर्सरीदेखि कक्षा ८ सम्म पढाउने उल्लेख गर्दै स्कुलका सञ्चालकलाई ती बालबालिकाको भर्ना शुल्क बुझाउनुभएको छ ।

इन्जिनियर साहले आउँदा दिनमा आफैँले विद्यालय खोल्ने तथा अभिभावकले पढाउन नसकेका गरिब विद्यार्थीलाई निःशुल्क पढाएर समाजसेवा गर्ने लक्ष्य रहेको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।