ओलीको मृत्युको कामना गर्ने हरुलाई

-लेखक बालकुमार नेपाल-

त्यसैले केपी ओलीको कलेजो बोकेर जो हिडन चाहेका हुन तिनले प्रेमिका खुशी पारे भो। तर ओली मात्र होइन उनको कलेजोले तिनीहरुलाई भन्ने छ कतै तिमिहरुलाई चोट त लागेन, तिमिहरु सय बर्ष बाँच है

केही दिन पहिले एमाले स्थायी समिति सदस्य केपी ओली बिरामी परे। धेरैले फेस बुक र अनलाइनमा उनको स्वस्थ्य लाभको कामना गरे। यो स्वभाविकै थियो। एक मानिसले अर्को मनिस बाँचोस भन्नु स्वभिावकै हो। तर यस पटक ओलीका सन्दर्भमा आश्चर्य लाग्दा टिप्पणी फेस बुक र अनलाईनमा देखा परे। ओलीको मृत्युको कामना गर्ने दानवीय टिप्पणी हरु देखा परे। भनिन्छ शत्रुले पनि कमसे कम  अर्काको मृत्युको कामना गदैन। तर देशका लगि त्यत्रो योगदान दिएका उनी प्रति केही अनलाईन र फेस बुक प्रयोग कर्ताले उनको मृत्यको कामना गरेर सत्तो सराप गर्दै मानवीय संबेदनशिलताका खिल्ली उडाए।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल दश बर्ष जंगलमा शशस्त्र संघर्ष गरेर शहर छिरेका नेता हुन। उनले ०५२ सालमा गरेको कामओलीले ०२८ सालमा नै गरेका थिए। ओलीले शशस्त्र संघर्ष गरेको ४१ बर्ष भयो। अििहले पनि उनको जीवन शैली खास भडकिलौ छैन।  तर दश बर्षको अबधीमा प्रचण्डको जीवन शैली कस्तो छ ?  यो कुरा यहाँ उल्लेख गरी रहनु पर्दैन।  केपी ओलीका नाउमा वा उनका बाबुका नाउमा कुनै टावर बनेका छैनन। उनी जे देख्छन त्यो बोल्छन। उनी भीडबाट प्रभावित भएर बोल्दैनन। ओली  लोकप्रियताका नाउमा ढाँ्रटदैनन।  अलोक प्रिय होइएला भने उनी तीन साँंझ तीन थरी कुरा गदैनन।  यीनै कारणले ओली प्रति मृत्युको कामना गरिएको हो भने झिगाले सरापेर डिगो मर्दैन भन्ने नेपाली भनाईलाई उदहारण लिन सकिन्छ।  उनलाई जसले  मृत्युको कामना गरे ओलीको प्रभाव भएर नै गरे।  यदि यस्तो नभए कुनै अमुक मानिसको मृत्युको कामना किन गरिदैन? ओली देशका लागि केही छन र न उनलाई गालि गरियो। साँंचो बोल्ने मानिस सबैका लागि प्रिय नहुन सक्छ तर उ कसैका लागि पनि खराव हुन सक्दैन। सन्तानले जति गालि गरे पनि आमले उसको कुभलो सोच्दिन। ओली नेपाली जनताका जनानी हुन। उनलाई जसले जति मृत्यको कामना गरे पनि उनि आफुलाई गालिी गर्नेको दीर्घायुको कामना गर्नेछन। मानवीय संबेदना शुन्य भएका रदी-दीमागमा दानवीय सोच बोककाहरुलाई ओलीको सन्दर्भमा गरिएको टिप्पणी प्रति एउटा सन्तानको र अमाको सम्बन्धको उदहारण यहा उल्लेख गनृ लायक हुन्छ।

एउटा केटो एउटी खराव केटीको प्रेममा परेछ। बिबाह गर्ने शर्त केटाले राखेछ। तर केटीले अर्को शर्त राखिछ। त्यो शर्त थियो केटाले आफ्नो आमाको कलेजो लगेर केटीलाई उपहार दिनु पर्ने। केटो शर्त मान्न तयार भएछ। आमलाई मारेछ। कलेजो बोकेर कुदैदै केटी भएको तिर लागेछ । बाटोमा लडेछ । कलेजो उछिट्एिर अको तिर पुगेछ। अन्तिमा कलेजो बोलेछ बाबु तलाई कतै चोट त लागेनछ।

त्यसैले केपी ओलीको कलेजो बोकेर जो हिडन चाहेका हुन तिनले प्रेमिका खुशी पारे भो। तर ओली मात्र होइन उनको कलेजोले तिनीहरुलाई भन्ने छ कतै तिमिहरुलाई चोट त लागेन, तिमिहरु सय बर्ष बाँच है

लेखक अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका बरिष्ठ संबाददाता हुनुहुन्छ।

तपाइँको प्रतिक्रिया ।