के.पि. ओली सिकिस्त, भारत लगिँदै
२८ कार्तिक/ वर्तमान नेपाली राजनीतिका अत्यन्त महत्वपूर्ण पात्र के.पि ओली निमोनिया र रगतमा अक्सिजनको अभावले सिकिस्त भएका छन् । सिकिस्त बिरामी भएर अस्पताल भर्ना भएका एमाले नेता केपी ओलीलाई थप उपचारका लागि आज भारत लगिँदैछ ।
उनको उपचारमा संलग्न डा. भरत रावतले ओलीको फोक्सोमा निमोनिया देखिएको र त्यसले गर्दा रगतमा अक्सिजनको कमी भएको बताए । ‘उहाँको स्वास्थ्यमा हिजो भन्दा केही सुधार आएको छ, बिहान उहाँ होसमा आउनु भएको छ,’ रावतले भने ‘उहाँलाई अझ ४८ घन्टा सघन उपचार कक्ष (आईसीयू)मा राखेरै उपचार गरिनेछ ।’ उनलाई बाहिरी भेन्टिलेटरमा राखेर पनि उपचार गरिदैंछ ।
केही समय अगाडि अमेरिकामा रहेका ओली उतै बिरामी भएपछि उनी त्यहीको अस्पतालमा भर्ना समेत भएका थिए । उनको केही वर्षअघि मृगौला प्रत्यारोपण भएको थियो ।
तपाइँको प्रतिक्रिया ।