राजनीतिक गतिरोधको अन्त्य छिट्टै हुन्छ ः रक्षामन्त्री खाँण

राजनीतिक गतिरोधको अन्त्य छिट्टै हुन्छ ः रक्षामन्त्री खाँण

कपन अनलाइन 

दाङ, १२ माघ । रक्षामन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमा राजनीतिक गतिरोधको अन्त्य गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा गरेको साक्षात्कारमा दल अन्तिम समयमा आएर मिल्ने विगत सम्झाउँदै मन्त्री खाँणले वर्तमान राजनीतिक दलको सहमतिमा निकास चाँडै निस्कने दाबी गर्नुभयो । वर्तमान गतिरोधको निकास र मुलुकको विकास अगाडि बढाउनका लागि वर्तमान सरकार गठन भएको उहाँको भनाइ छ ।

सीमाङ्कनको सवालमा उहाँले प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई सँगै राख्न आवश्यक रहेको बताउँदै आफ्नो सरोकार प्रादेशिक राजधानीसँग नभई लुम्बिनीको दूर भविश्यको चिन्ता मात्रै रहेको धारणा गर्नु भयो ।

रक्षामन्त्री खाँणले नेपाली सेनाले सीमाको रक्षाका साथै नेपालको परिवर्तनलाई आत्मसात् गरी अगाडि बढेको भन्दै देशको विकासमा समेत नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नु भयो । रासस

तपाइँको प्रतिक्रिया ।