दुर्घटनामा महिलाको मृत्यु, एक घाइते

कपन अनलाइन 

भक्तपुर, १२ माघ । सिन्धुपाल्चोकबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा ४ प ६९८३ नंको टिपरले सोही दिशामा जाँदै गरेको बा ७९ ख नंको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आज भएको दुर्घटनामा सिन्धुपाल्चोक ठूलो सिरुवारी बस्ने ३८ वर्षीया विमला बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

दुर्घटनामा मृतक बस्नेतका श्रीमान् एवम् मोटरसाइकल चालक ३८ वर्षीय रामचन्द्र बस्नेत भने गम्भीर घाइते भएका छन् । उहाँको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना गराउने सिन्धुपाल्चोक फुल्पिङकोट बस्ने २७ वर्षीय टिपर चालक वाङ्जुङ्ग तामाङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।