लप्पन–छप्पनले रातारात लफडा

लप्पन–छप्पनले रातारात लफडा

कपन अनलाइन 

सुरुमा ठूलो गफ लगाउने, अप्ठ्यारो परेपछि अनेक बहाना बनाउँदै अरूलाई दोष देखाउने उम्कने  सिनेकर्मीको यो पुरानै शैली हो । ‘दिमाग खराब’ नामका कारण अर्काे निर्देशककै ‘दिमाग खराब’ अहिले सुपरहिट भएर पनि नवलपरासीका कृष्ण सुवेदीको आत्महत्याका कारण तनाव व्यहोरिरहेको छक्का–पञ्जाका निर्माता दीपकराज गिरीकै झैं नामको कारण समस्या भोग्दा निश्चल बस्नेतको दिमाग खराब भएको हो ।

बल्ल–बल्ल जुराइएको चलचित्रको नाम अर्कैको नाममा रातारात दर्ता भइदिँदा निश्चलहरू छट्पटिएका हुन् । यसअगाडि छक्का–पञ्जाले लप्पन–छप्पन नाम जुराएको थियो । तर, मुकुन्द भट्टको लेखन तथा निर्देशनमा सो नाम डम्बरबहादुर चन्दहरूले टप्काइदिए ।उस्तै पीडा हो निश्चलको पनि ।

टलकजंग भर्सेज टुल्के’ पश्चात् ‘दिमाग खराब’ शीर्षकमा फिल्म बनाउने चर्चा चलाए । एक वर्षअगाडि नै हो यस्तो चर्चा चलेको । उनी यो प्रोजेक्ट छाडेर ‘लुट २’ को धन्दातिर लागे । तर, यो बीचमा दिमाग खराब नाम अर्कैले कब्जा जमाइसकेछ । चलचित्र विकास बोर्डबाट २९ मंसिरमा इजाजतपत्र अर्कैले बुझेपछि निश्चलको दिमाग खराब भएको हो ।

दिमाग खराब यो आर्थिक वर्षमा दर्ता भएको ७४ औं नम्बरको चलचित्र हो । चलचित्र विकास बोर्डमा कालिञ्चोक डिजिटल नेपाल प्रालिका लागि आगद केसीले फिल्मका नाममा इजाजत लिएका हुन् । यसका निर्देशक जनकदीप पराजुली छन् । दयाहाङ राई, दीपिका प्रसाईं र श्याम राईलाई मुख्य अभिनय रहने यो चलचित्र वैशाखबाट फ्लोरमा जाने बताइएको छ । दिनेश खड्का यो फिल्मका निर्माता हुन् । आज प्रकाशित जनास्था साप्ताहिकमा समाचार छापिएको छ ।

तपाइँको प्रतिक्रिया ।