पश्चिम चितवनमा बस पल्टियो २३ घाइते , ५ को अवस्था गम्भीर

पश्चिम चितवनमा बस पल्टियो २३ घाइते , ५ को अवस्था गम्भीर

कपन अनलाइन/  शिब शर्मा ,(पटिहानी )

माघ -१२ पश्चिम चितवनको भरतपुर उपमहानगरपलिका २७ पटिहानीमा बस दुर्घटना हुदा २३ जना घाइते भएका छन् । जगतपुरबाट सदरमुकाम भरतपुर तर्फा आउदै गरेको न २ ख ६८२९ नम्बरको यात्रु बाहक बस आफै अनियन्त्रित भइ पल्टिएको चितवन प्रहरीले जनाएको छ ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ रहेको छ । दिनको साढे १२ बजेको समयमा सो दुर्घटना भएको हो । घाईते मध्ये ८ जनाको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ भने १५ जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ। प्रहरीले सकुशल रहेका बस चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया ।