विद्यार्थीबाट रक्तदान र दौड

कपन अनलाइन 

भक्तपुर, ११ माघ । रगतको अभाव देखिएपछि मध्यपुरथिमि नगरपालिका कौशलटारस्थित आदर्श जनप्रेमी अङ्ग्रेजी माविका विद्यार्थीले आज आकस्मिक रक्तदान गरेका छन् ।

विद्यालयको २७आँै वार्षिकोत्सवका अवसरमा विद्यार्थीमा सामाजिक भावना जगाउन विद्यार्थीले रक्तदान गरेको विद्यालयका प्राचार्य निलेश आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा ५० विद्यार्थी तथा शिक्षकले रक्तदान गरेका थिए ।

त्यसैगरी रन फर फन भन्ने नारासहित विद्यार्थी, शिक्षक र अभिभावकको दौड प्रतियोगिता सम्पन्न भएको छ । आज बिहान आयोजित दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।