दरबारमार्गमा कफीका पारखीका लागि उत्कृष्ट गन्तव्य “इम्प्रेसो एस्प्रेसो”

दरबारमार्गमा कफीका पारखीका लागि उत्कृष्ट गन्तव्य “इम्प्रेसो एस्प्रेसो”

कपन अनलाइन, काठमाडौँ / राजधानीसहित देशभर नेपाली बिन्स कफीका पारखीहरू बढ्दै छन् । दिनदिनै भिन्न भिन्न स्थानमा कफी पसलहरू खुलेका देखिन पाइन्छ । खुलेका कफी पसलहरूमा साँझपख भीडभाड पनि बढेको देखिन्छ । विशेषगरेर युवापुस्ताहरू कफीसेवनमा अाकर्षित देखिन्छ भने प्रौढहरू पनि विस्तारै कफीतिर मोहित भएको पाइन्छ ।

 

राजधानी काठमाडौँमा सन् २००० को शुरूवातबाट  बिन्स कफीको व्यापारिक गन्तव्य शुरू भएको हो । यतिखेर काठमाडौँमा करिब ५० संख्या कफीमात्र खाइने पसलहरू छन् भने त्यो भन्दा बढि रेस्टुरेन्टहरू जहाँ कफि मेसिन राखिएका छन् । यतिखेर काठमाडौँमा १ कप कफीको कम्तिमा ९० रुपैयाँदेखि बढिमा २५० रुपैयाँमा काठमाडौँमा बिक्ने गर्दछ । साधरणत: राजधानीमा बिन्स कफी मंहगो मूल्यमा  बिक्ने गरेको छ ।

 

मंहगो-सस्तो कफी व्यापारको बजारमा सन् २०१० देखि कफीटक भन्ने कफिसपले गुणस्तरीय कफी कम मूल्यमा खुवाउन शुरुपछि धेरै कफीसपले कम मूल्यमा कफी खुवाउन थालेका छन् । कफीटकले ९० रुपैया कफी खुवाउन थालेको ६ वर्ष बितेको छ । कफीटककै ३ वटा ब्रान्च काठमाडौँमा छ । कफीटक कम्पनीका संचालक सुदन रेग्मी नेपाली कफीलाई सारै मंहगो बनाउनु राम्रो मान्दैनन् । रेग्मी भन्छन्, ‘नेपाली कफीलाई हामीले राखेको मूल्य ठिक्क छ ।’ विदेशीका लागिमात्र भनेर कफिलाई टार्गेट गर्दै मंहगो मूल्य बनाउनु ठीक मान्दैनन् उनी ।

 

सुदन रेग्मीले राजधनीको सबैभन्दा महत्वपूर्ण क्षेत्र दरवारमार्गमा कफिटककै नयाँ ब्रान्च खोलेका छन् । मंहगो स्थानमा सस्तो र गुणस्तरीय कफीका लागि इम्प्रेसो एस्प्रेसो खोलिएको हो । दरबारमार्गमा एककप एमेरिकानो कफीको करिब २०० पर्दछ । इम्प्रेसो एस्प्रेसोले एक कप एमेरिकानोलाई १२० रुपैयामा खुवाउँछ ।

 

गतहप्तादेखि  शुरु भएको इम्प्रेसो एस्प्रेसोले पहिलो सातामै उत्कृष्ट शुरुवात गरेको छ । महँगोरुपमा कफि उपभोग हुने क्षेत्रमा गुणस्तरीय कफी आधा मूल्यभन्दा कममा खान पाउँदा उपभोक्ता खूशी भएका छन् । दरबारमार्गस्थित मर्केन्टाइल भवन प्रवेशद्वार सँगै खोलिएको इम्प्रेसो एस्प्रेसोले सबैखाले कफीलाई सस्तो मूल्यमा खुवाउने गरेको छ । ‘सस्तो भए पनि नेपालमा खुवाइने कुनै पनि कफीभन्दा कम गुणस्तरीय भने हामी छैनौ’, सुदन रेग्मीले भने । रेग्मी भन्छन्, ‘यो मूल्य नेपालीहरूको क्रय शक्ति अनुसारको हो ।’

फोटोहरू: बसन्त गौतम

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।