केयुमा माकजु

कपन अनलाइन 

बनेपा, ७ माघ । काठमाडौँ विश्वविद्यालय (केयु) मा चारवर्षीय कार्यकालका लागि डा रामकण्ठ मकाजु नै पुनःनियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सर्च कमिटीका सदस्यको बैठकले आज उहाँलाई नियुक्त गरेको केयुका प्रेस संयोजक हरिमञ्जुश्रीले जानकारी दिनुभयो । उहाँलाई औपचारिकपत्र भने आउन बाँकी नै छ । “गत मङ्सिरमा डा मकाजुको चारवर्षीय कार्यकाल सकिएपछि रजिस्टा«र डा भोला थापालाई कावा उपकुलपतिका रुपमा नियुक्त गरिएको थियो ।

रिक्त उपकुलपतिका लागि विश्वविद्यालयसभाले शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा सर्च कमिटी गठन भएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।