सिग्नेचर चलचित्रको प्रोमो एड सार्वजनिक

फेसबुक पेजबाट सामाजिक सञ्जालमा सार्वजनिक भएको चलचित्र सिग्नेचरले शुक्रबार प्रोमो एड सार्वजनिक गरेको छ । भदौ महिनामा चलचित्रका केही तस्वीर सार्वजनिक गरेर चर्चामा आएको चलचित्र सिग्नेचरले शुक्रबार प्रमो एड युटुव मार्फत सार्वजनिक गरेको हो । प्रोमो एडमा चलचित्र निर्माणमा जुटेका प्राविधिक देखि कलाकारसम्मको विचारलाई अटाइएको छ । कस्तो छ त सिग्नेचर चलचित्रको प्रोमो एड : चलचित्रको शुभमुर्हुत अगाडि नै चर्चा खोज्ने चलचित्रलाई लात मार्दै गोप्य रुपमा चलचित्रको निर्माण कार्यलाई अगाडि बढाएको हस्ताक्षरले प्रोमो एड बाट आफूलाई चिनाउँने काम गरेको छ । बैंकमा पुगेर मात्र चेकमा हस्ताक्षर गर्ने चेक प्रयोगकर्ता जस्तै हस्ताक्षर चलचित्रको निर्माण पक्षले हस्ताक्षलाई अन्तिम समयमा मात्र सार्वजनिक गर्दै नयाँ शैली अपनाएको छ । सकारात्मका सोचलाई प्राथमिकता दिउँ भन्ने चलचित्रसिग्नेचरले हतारमा भन्दा सोचेर काम गर्ने बानीको पाठ नेपाली चलचित्र निर्माताहरुलाई पढाउन खोजेको देखिन्छ । यसलाई निर्माण पक्षको युनिक शैली भनेर समेत चर्चा गरिदै आएको छ । क्रिएटिभ मनकामना फिल्मस् प्रा.लीको प्रस्तुती सिग्नेचरमा विनोद पौडेल, सन्दिप क्षेत्री, निर्णय श्रेष्ठ, जीवनसाथी बस्नेत, सरिता गिरी, अमृता थपलिया, जे.बी डिसी, शौरभ सिंह, नम्रता सापकोटा लगायतको मुख्य भूमिका रहेको छ भने यो चलचित्रको निर्माणमा प्रकाश सुवेदी, वामदेव भट्टराई सागर उद्गम र रमेश बाबा नेपालीको जब्बो टिम रहेको छ । निर्माता टिमकै सदस्य सागर उद्गमले निर्देशन गरेको चलचित्रमा अच्युत सिटौलाका शब्द भित्र सिटौलाकै संगीत र स्वरको स्वाद लिन पाइन्छ । सागरले चलचित्रमा नयाँ स्वाद पस्किएको बताउँदै आए पनि चलचित्र भित्र भने अधिकांश कलाकारहरु थिएटरबाट ल्याएका छन् । चलचित्रले नेपाली दर्शकलाई आकर्षण गर्न गोप्य शैली अपनाएकै कारण होला अझैसम्म रिलिजको डेट समेत सार्वजनिक भएको छैन ।

तपाइँको प्रतिक्रिया ।