कपनमा राप्रपा नेपालको भव्य कार्यक्रम

कपनमा राजनीति गर्ने मै हुँ भन्ने पार्टीहरु चियापान कार्यक्रममा स्थानीयहरुको उपस्थिति कम हुने भएकोले बाहिर बाहिरका कार्यकर्ताहरुलाई बोलाएर शक्ति प्रदर्शन गरेको ढोंग गरिरहेको अवस्थामा कपनका जनसामान्य भने राप्रपा नेपालमा आकर्षित भइरहेको हिलिम पार्टी प्यालेसमा उपस्थित भएका अनुहारले देखाउँथ्यो ।

देशमा गणतन्त्र आएको ६ वर्ष बितिसक्दा पनि देशमा राजनीतिक अस्थिरता बढ्ने क्रम झनै बढिरहेको अवस्थामा जनता वर्तमान मूलधारको राजनीतिबाट आजित हुन थालेका छन् । गणतन्त्र आएपछि देशले आर्थिक हिसाबमा फड्को मार्ने र नेपाली जनताको समस्यामा राहत मिल्ने आशमा बसेका जनताहरु हालको राजनीतिबाट चित्त दुखाएर बसेका छन् । राजा तथा राजतन्त्रमा वकालत गर्नैहरुको संख्या बढ्दै गइरहेको छ । पछिल्ला दिनमा पूर्व राजा ज्ञानेन्द्रका विभिन्न भ्रमणमा जनसामान्यको बढ्दो लहरले जनता वर्तमानमा चलिरहेको राजनीतिको विकल्प शक्ति उभ्याउन खोजिरहेको आभाष दिन्छ ।
चाडपर्वको बेला पारेर राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता भेला गरेर चियापानको कार्यक्रम राख्नु अब परम्परा बनिसकेको छ । कपनमा पनि पछिल्ला केही वर्षदेखि यस किसिमको चियापानको कार्यक्रम हुन थालेको छ । कार्यकर्ताहरुको भेलाआयोजना गरेर राजनीतिक दाउपेचका कुराहरु सुन्ने सुनाउने यो क्रममा आजकाल कार्यकर्ताहरु पनि अन्यत्रतिरबाट बोलाएर उपस्थिति देखाउनु पर्ने अवस्था सिर्जिएको छ ।

कमल थापाले आफ्नो चिरपरिचित शालिन शैलीमा नव प्रवेशीहरुलाई पार्टीको नीति तथा कार्यक्रम अन्तर्गत राष्टियता प्रजातन्त्र र उदारबादको सिद्धान्त अनुरुप राजासहितको सत्ता र हिन्दू अधिराज्य बनाउन अगाडि सर्न अनुरोध गरे ।

यसैबीच कार्तिक २ गते बिहिबार कपनमा राप्रपा नेपालले पहिलोपटक आफ्नो औपचारिक कार्यक्रम गरेको छ । कपन ३ स्थित हिलिम पार्टी प्यालेसमा भएको विशेष कार्यक्रम विजयादशमी र दीपावलीको शुभकामनालाई भनेर आयोजित गरिएको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापाको साथमा वरिष्ठ नेता केशर बहादुर बिष्टको पनि उपस्थितिले राजावादी शक्तिका पक्षधर उत्साहका साथ उपस्थित थिए ।
कपनमा राजनीति गर्ने मै हुँ भन्ने पार्टीहरु चियापान कार्यक्रममा स्थानीयहरुको उपस्थिति कम हुने भएकोले बाहिर बाहिरका कार्यकर्ताहरुलाई बोलाएर शक्ति प्रदर्शन गरेको ढोंग गरिरहेको अवस्थामा कपनका जनसामान्य भने राप्रपा नेपालमा आकर्षित भइरहेको हिलिम पार्टी प्यालेसमा उपस्थित भएका अनुहारले देखाउँथ्यो । कपनमा बसोबास गरेर विभिन्न पार्टीका तह तप्कामा रहेकासहित सामान्य मानिसहरुसमेत राप्रपा नेपालमा विधिवत प्रव्रेश गरेर कपनमा सबैभन्दा ठूला हामी हौं भनेर भ्रम पाल्ने ठूला भनाउँदा पार्टीहरुलाई चुनौति प्रस्तुत भएको कार्यक्रममा अबको ठूलो शक्ति राप्रपा नेपाल हुने कुरामा कपनलाई चेतना प्रदान गरिरहेको थियो ।
कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो चिरपरिचित शालिन शैलीमा नव प्रवेशीहरुलाई पार्टीको नीति तथा कार्यक्रम अन्तर्गत राष्टियता प्रजातन्त्र र उदारबादको सिद्धान्त अनुरुप राजासहितको सत्ता र हिन्दू अधिराज्य बनाउन अगाडि सर्न अनुरोध गरे । चौतर्फि बढ्दै गरेको आफ्नो संगठनलाई अझै सशक्त बनाउन कपनमा भएको यो कार्यक्रमले झनै उर्जा थपेको भनाई राख्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले ताजा जनादेशभन्दा विकल्प केही नभएको र माओवादीले सक्ता टिकाउन विभिन्न दाउपेच गरिरहेको र त्यसलाई भण्डाफोर गर्न अरु विभिन्न कार्यक्रम निकट भविष्यमा ल्याउने जानकारी दिए । कार्यक्रमलाई वरिष्ठ नेता केशर बहादुर विष्ट साथै काठमाडौं अध्यक्ष श्याम घिमिरेले पनि सम्बोधन गरेका थिए ।
जनशक्ति पार्टीका जिल्ला नेता हरिशरण सिलवालको अगुवाईमा आयोजत चियापान कार्यक्रममा राप्रपा नेपालको १५ सदस्यीय कपन इकाइको पनि सार्वजनिक गरिएको थियो । राप्रपा नेपाल कपन इकाइका अध्यक्षमा अरुण अधिकारी रहेका छन् ।
चियापानको अवसरमा करिब १०० जना विभिन्न दलका कार्यकर्ताहरु साथै जनसामान्यहरु कमल थापाको हातबाट टीका ग्रहण गर्दै राप्रपा नेपालमा प्रवेश गरेका छन् । यसरी राप्रपा नेपालमा प्रवेश गर्नेहरुमा सुरेश तामाङ, टेण्डी शेर्पा, विनोद घले, नरेश भुजेल, मिलन गुरुङ, गणेश लामा, राजेन्द्र अधिकारी, बद्रि के.सी.,रोशन बुढाथोकी, मुकुन्द अधिकारी, विमला अधिकारी, शिवप्रसाद चालिसे, राजु के.सी, पुष्प के.सी., शम्भु बुढाथोकी, राजन रेग्मी, बिदुर खड्कालगायतका व्यक्तिहरु छन् ।

तपाइँको प्रतिक्रिया ।