नेजा-एनआरएन बिशेष अन्तरकृया हुदै
कपन अनलाइन
डलास, टेक्सास / अमेरिकामा रहेका गैरआवासियव नेपालीहरुको प्रतिनिधीमूलक संस्था एनआरएन अमेरिकासंग नेपाल अमेरिका पत्रकार संघ, नेजाले विशेष अन्तरक्रियाको आयोजना गर्ने भएको छ । एनआरएनको वर्तमान नेतृत्वका साथै भावि नेतृत्वको तयारीमा जुटेका आकांक्षिहरुसमेत सहभागि हुने सो कार्यक्रममा वर्तमान चुनौति र भावि योजनामा वहस हुनेछ ।
चिसिदै गएको अमेरिकाको मौसममा यो वहसले नेपाली समुदायलाई भने राम्रैसँग तताउने अनुमान गरिएको छ । एनआरएन अमेरिकाको वार्षिक साधारण सभाको भोलिपल्ट डलासमा यहि जनवरी १५ तारिख आईतबार ११ बजे कार्यक्रम तय भएको नेजाका क्षेत्रिय संयोजक किसन रेग्मीले बताए ।
विश्वको सवै भन्दा शत्तिशाली देश अमेरिमा रहेका नेपालीहरुले राम्रै सहभागिता जनाएको एनआरएन अमेरिकाले एनसीसीमा भने प्रभावशालि उपस्थिति जनाउन सकेको छैन । सोभियत यूनियनवाट छुटिएका राज्यहरुका साथै जापान र अष्ट्रिेलियाको दवदवामा रहेको एनआरएन केन्द्रिय नेतृत्वमा अमेरिकन नेपालीको फिक्का उपस्थिति आफैमा लज्जास्पद छ ।
एनआरएन अमेरिका फुटेर होइन जुटेर गएमा केन्द्रिय नेतृत्वका लागि राम्रै दवाव सिर्जना गर्नसक्छ । यसका लागि वर्तमान नेतृत्व र भावि नेतृत्वको दौडमा रहेकाहरुको विचार मन्थन सान्दर्भिक देखिएकाले कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष भोला आचार्य बताउछन् केन्द्रमा धक्का दिन सक्ने एनआरएन अमेरिका बनाउन कस्तो योजना र नेतृत्व आवश्यक छ भन्ने विषयमा छलफल केन्द्रित हुने छ उनको विश्वास रहेको छ
तपाइँको प्रतिक्रिया ।