आशा अधिकारी बचाउन मलेसियाबाट ४३ हजार ३ सय नौ रुपैयाको सहयोग

आशा अधिकारी बचाउन मलेसियाबाट ४३ हजार ३ सय नौ रुपैयाको सहयोग

कपन अनलाइन 

दिनेश खड्का खप्तडी/मलेसिया

तनहुँ व्यास ४ फराकचौरकी आशा अधिकारी सेतो रक्तकेशिकाको रक्त अल्पता उपचारका लागि संचालित आशा अधिकारी बचाउ अभियान मलेसिया बाट हाल सम्म संकलन भएको रकम ४३ हजार ३ सय नौ  रुपैया तनहुँका  पत्रकार तथा  दमौली एफ एमका म्यानेजर पवन पौडेल मार्फत परिवार लाई उपलब्ध गराएको छ।

 

मलेसियामा रहेका तनहुँवासीको सक्रियतामा उक्त सहयोग रकम सँकलन गरिएको  अभियानमा सक्रिय समाजसेबि रमेशप्रसाद आचार्यले जानकारी दिए । सामाजिक सञ्जाल फेसबुक ग्रुपमार्फत थालिएको सहयोग संकलन अभियानमा मलेसिया रोजगारीमा रहेका नेपालीहरुले सहयोग प्रदान गरेका थिए । समाजसेबि आचार्यकै बैंक खातामा रकम सँकलन भएको थियो ।

 

उपचार सम्भव भए पनि महँगो भएका कारण आशा परिवारले सुभेच्छुकहरुसँग सहयोग दिनका लागि आह्वान पछि अभियान सन्चालन भएको आचार्य ले बताए । पिडित का पिता राजेन्द्र अधिकारी हाल वैदेशिक रोजगारीका शिलशिलामा मलेसियामै छन् । नौ लाख खर्च भैसके पनि अझै २० लाख रुपैयाँ उनको उपचारका लागि आवश्यक पर्ने चिकित्सकको भनाइ छ । मलेसियामै कार्यरत उनका सहकर्मी तथा छिमेकी नेपालीहरुले थालेको सहयोग अभियान निरन्तर जारि रहने आचार्य ले बताए ।

तपाइँको प्रतिक्रिया ।