कपनमा वेश्यालय: प्रहरी छापा तीन पर्काउ

असोज २१ कपन काठमाडौं / कपन प्रहरी ले वेश्यालय चलाएको आशंकामा निलोपुल को एक घरमा छापा मारेर दुई महिलालाई पक्राउ गरेको छ । घर भाडामा लिएर कोठी चलाएको अभियोगमा प्रहरीले आज छापा मारेको समाचारमा जनाइएको छ ।

प्राप्त समाचार अनुसार कपन ३ निलोपुल नजिकैको एक घरमा महिलाले यौनकोठी चलाएको र ग्राहकसंग तीन हजारदेखि पाँच हजारसम्म रकम लिएर युवती उपलब्ध गराउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कपन का प्रहरी निरीक्षक नवराज ढुंगाना को नेत्रितोमा रहेको प्रहरी टोलीले ले छापा मारेको थियो ।

 

कपन प्रहरी स्रोतका अनुसार घरमा भेटिएकी सञ्चालिका सरिता थापा नाम नगरेकी महिला र दुई किशोरी फेला परेका थिए। कपन प्रहरी बाट सादा  पोसकमा ग्रहक बनी दुई प्रहरी गयेका र कुरा कानीको सिल्सिला मा दुई  किशोरी मधे जसलाई लगेपनी हुन्छ भने पछि ! थप सुरक्षा बल मगायेर छापा मारिएको थियो, कोठाको निरीक्षण गर्दा सो घर यौनधन्दाका लागि प्रयोग हुने गरेको पुष्टि भएको जनाइएको छ ।

 

प्रारम्भिक अनुसन्धानमा सरिता थापाले छ महिनाअघि देखि उक्त घर भाडामा लिएर कोठी चलाउने गरेको खुलेको छ।

चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत गर्न महानगरीय प्रहरी प्रभाग कपनले विशेस खान्तलासी तथा चेक् – जाँच मा तिब्रता दियेको छ,  विशेस खान्तलासी तथा चेक् जाँच को क्रममा केहिदिन अगी बहुमुल्ये सालकको खपटा सहित तस्कर पक्राउ गर्न कपन प्रहरी सफल भएको थियो ! महानगरीय प्रहरी प्रभाग कपनले आज पक्राउ परेका हरुलाई थप अनुसन्धान गर्न   महानगरिये प्रहरी व्रित बौद्धमा बुझाइयेको महानगरीय प्रहरी प्रभाग कपन का प्रहरी निरीक्षक नवराज ढुंगानाले  बताउनुभयो !

तपाइँको प्रतिक्रिया ।