युवा संघका केन्द्रीय नेता बुढाथोकीमाथि खुकुरी हान्ने पाँच जना पक्राउ

कपन अनलाइन

काठमाडौँ, पुस १५ । युवा संघका केन्द्रीय कमिटी सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

खुकुरी प्रहारको आरोपमा बाँके कोहलपुरका विमल सेन, सुरेश सुवेदी, नवीन शाही, सुरवीर मल्ल र विकास शाहीलाई पक्राउ गरिको बाँकेका डिएसपी सुरेश काफ्लेले जानकारी दिए।उनीहरुले किन बुढाथोकीमाथि खुकुरी प्रहार गरेको भन्नेबारे खुलिनसकेको र अनुसन्धान जारी रहेको काफ्लेले बताए।

खुकुरी प्रहार गर्ने मुख्य योजनाकार बाँकेका २४ बर्षिय लक्ष्मण मल्ल भने फरार रहेको प्रहरी दाबी छ।बुढाथोकीमाथि बिहाबार राति ९ बजे बाँकेको कोहलपुरमा खुकुरी प्रहार भएको थियो इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार साथीहरुसँग रेष्टुरेन्टमा खाजा खाएर निस्कँदै गर्दा खुकुरी प्रहार भएको हो ।

बाजुरा घर बताउने २५ वर्षीय लक्ष्मण मल्लले खुकुरी प्रहार गरेको डिएसपी सुरेशप्रसाद काफ्लेले बताए । खुकुरी प्रहारबाट उनको गर्धन र हातमा गम्भीर चोट लागेको छ । शिक्षण अस्पताल कोहलपुरमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि लखनउ लगिएको थयाे हाल घाइते बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको र उनको अवस्था सामान्य भएको डिएसपी काफ्लेले जानकारी दिए।

तपाइँको प्रतिक्रिया ।