आइतबार बाट उपत्यकामा नेपाल टेलिकमले 4G सेवा दिने

आइतबार बाट उपत्यकामा नेपाल टेलिकमले  4G  सेवा दिने

कपन अनलाइन 

काठमाडौँ, पुस १५ । नेपाल टेलिकमले आइतबार बाट उपत्यकामा नेपाल टेलिकमले  4G  सेवा सुरु गर्ने बताएको  छ। फोरजी सेवाको उद्घाटन आइतबार सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले गर्ने छन् ।

नेपाल टेलिकमले सुरुमा काठमाडौँमा र त्यसपछि देशव्यापी सेवा सञ्चालन गर्ने जनाएको छ। टेलिकमले अहिले १२ एमबिपिएस क्षमताको थ्रिजी इन्टरनेट सेवा दिइरहेको छ। फोरजी सेवा सञ्चालन भएपछि ३० एमबिपिएस को गतिमा इन्टरनेट सेवा सञ्चालन हुने जनाइएको छ।

नेपाल टेलिकमले फोरजी सेवाको मूल्यभने हालसम्म तोकिएको छैन।

तपाइँको प्रतिक्रिया ।