वडा नम्बर १३ मा दिलिप थापामगर र १४ मा चालिसेको नेतृत्व

वडा नम्बर १३ मा दिलिप थापामगर र १४ मा चालिसेको नेतृत्व

कपन अनलाइन

काठमाडौँ, १५ पुस । वुढानिलकण्ठ नगरपालिकामा बिभिन्न विवादका कारण लामो समयदेखि वडा नागरीक मञ्च बन्न नसकेको वडा नं. १३ र १४ मा आज गठन भएको छ ।

दलीय भागवण्डाको समस्या भएकाले विवादमा रहेको यी वडाहरुमा अन्ततः गुटबन्दीकै आधारमा वडा नागरिक मञ्च गठन भएको हो । बुनपा वडा नं. १३ मा एमालेको गुट बिजय भयो भने वडा नं.१४ मा नेपाली कांग्रेसको गुट बिजयी भयो ।
वडा नं. १३ मा एमाले वडा नं. १३ का उपाध्यक्ष दिलिप थापा मगर वडा नागरिक मंचका संयोजक भएका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्रले भाग नलिएको गठन प्रकृयाले राप्रपाकी सरस्वती देवानलाई उप संयोजक बनाएको छ ।

यस वडामा एमाले, माओवादी, नयाँ शक्ति नेपाल र विप्लव माओवादीको गुट बनेको थियो । जसअन्तर्गत पहिलोपटक बुनपामा विप्लब माओवादीका सदस्य वडा नागरिक मन्चका चौथो सदस्य बनेका छन् ।
त्यसैगरी बुनपा १४ मा नेपाली कांग्रेस १४ नम्बर वडा उपसभापति सुनित चालिसे वडानागरिक मन्चको संयोजक भएका छन् । नेपाली कांग्रेस, राप्रपा र माओवादी केन्द्र मिलेर बनेको गुटका तर्फबाट राप्रपाकी गीता रिमाल सहसंयोजक बनेकी छिन् । बाँकी दुई सदस्यमा माओवादी केन्द्र रामसुन्दर अधिकारी र कुसुम विक रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।