पुनर्निर्माण प्राधिकरणका प्रमुख बाट सुशील ज्ञवालीलाई हटाउने तयारी !

पुनर्निर्माण प्राधिकरणका प्रमुख बाट सुशील ज्ञवालीलाई हटाउने तयारी !

कपन अनलाइन 

पुस १५, काठमाडौं – सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई हटाउने संकेत दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले सिइओ ज्ञवालीले पुनिर्माणको काम सन्तोषजनक र अपेक्षा अनुसार नगरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेपछि यस्तो संकेत मिलेको हो ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आर्चायले सरकारले ज्ञावलीसँग स्पष्टिकरण लिइसकेको जानकारी दिए। ‘ज्ञवालीले तीन बुँदे स्पष्टिकरण पेपर बुझाएका छन् ।

प्रधानमन्त्री दाहालले गत भदौ २३ गते व्यवस्थापिका संसदमा भूकम्प प्रभावित प्रति घरधुरी ३ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेका थिए ।

४५ दिनभित्र सबै पीडित परिवारलाई पहिलो किस्ताको अनुदान दिन प्रधानमन्त्री दाहालको निर्देशन थियो । तर अपेक्षाकृत काम नभएपछि प्रधानमन्त्री झन् असन्तुष्ट छन् ।

 

तपाइँको प्रतिक्रिया ।