‘पूर्वीय दर्शनको वैज्ञानिक खोज बढ्दै’

कपन अनलाइन 

काठमाडौँ, १५ पुस । दर्शनशास्त्री गोपीरमण उपाध्यायद्वारा लिखित ‘प्राकृतिक भौतिकवाद भाग १ र २’, ‘पूर्वीय भौतिकवाद’, ‘षड्दर्शन सम्युज्ञ’ र ‘बौद्ध दर्शन’ शीर्षक कृति आज सार्वजनिक भएको छ ।

एमाले केन्द्रीय पार्टी स्कुल विभागले आज यहाँ आयोजना गरेको ‘दार्शनिक ग्रन्थहरुको लोकार्पण’ कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वीय दर्शनबारे चेतनाको वृद्धिसँगै वैज्ञानिक खोज पनि बढ्दै गएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले दक्षिण एसियामा पूर्वीय दर्शनको विकास भएको र भविष्यमा पनि यसको बहस तीव्र रुपमा चलिरहने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले दक्षिण एसियामा अध्यात्म दर्शनको राम्रो विकास भएको र पुस्तकले राम्रोसँग अध्यात्म दर्शनका बारेमा उल्लेख गरेको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।