कांग्रेस सभापति आक्रमण काण्ड झन् गहिरिँदै !

कपन भएको ने.का. क्षेत्र नं. ४ को क्षेत्रीय सम्मेलनमा केन्द्रीय सभापति सुशिल कोइरालालाई लक्षित गरेर भएको आक्रमणलाई छानविन गर्न बनेको समितिले आफ्नो काम थालेको छ । महामन्त्रि प्रकाशमान सिंहको संयोजकत्वमा बनेको समितिमा गगन थापा लगायत ३ सदस्य रहेका छन् ।
ने.वि.संघ क्षेत्र नं. ४ का पूर्व सभापति प्रवेश बस्नेतले आक्रमण गर्दा सभापति कोइरालाको दायाँ हातमा चोटसमेत लागेको थियो । यो घटना किन तथा कसरी भयो वा घटाइयो भन्ने बारे ने.का. भित्र निकै ठूलो हलचल मच्चिएको छ । देउवा पक्ष आफूलाई अनावश्यक यस विवादमा फसाएको भन्दै कोइराला पक्षसँग रिसाएको छ भने कोइराला पक्ष त्यो दिन आक्रमण हुनुलाई कहिँ कतै देउबा पक्षको हात हुन सक्ने अनुमान गरिरहेका छन्
विशेषगरी विना सुचना तथा पत्राचार केही नेताहरु त्यो सभामा उपस्थित हुनुलाई पनि विशेष महत्व दिएर हेरिएको छ । मुख्यरुपमा ने.का. केन्द्रीय सदस्य बलबहादर के.सी.को त्यो दिनको उपस्थिति अत्यन्त शंकाको घेरामा रहेको छ । बलबहादुर के.सी.लाई कुनै निम्ता पठाइएको थिएन । उनी कार्यक्रममा मात्र उपस्थित भएनन् आयोजकलाई भनेर(धम्क्याएर) मञ्चमा आसन गरेर भाषण सम्म गरे । बलबहादुर के.सी.ले सभापतिलाई आक्रमण भएको केही छिनपछि सभापतिकै उपस्थितिमा भाषण गर्दे सुशिल कोइरालालाई लुते सभापति भनेको थिए ।
त्यो दिनको बलबहादुर के.सी.को उपस्थिति र भाषणमा जुन उत्तेजना थियो त्यो प्रशंगसँग प्रवेश बस्नेतको आक्रमण पनि कतै मिलेमतो त थिएन ? कपन अनलाइनको श्रोतका अनुसार छानविन समितिलाई यो विषयले निकै अप्ठेरो बनाउने भएको छ । धेरैले यो प्रशंगलाई चासोको विषय बनाएका छन् ।
सत्तामा छँदा अत्यन्त बदनाम पात्रको रुपमा चिनिने बलबहादुर के.सी.लाई पर्खाल मन्त्रिको रुपमा पनि चिनिन्छ । हाल बलबहादुर के.सी. शेरबहादुर देउवाको प्यानलमा छन् ।


कपनको भएको कार्यक्रममा नबोलाइएको मान्छेलाई आशन ग्रहण गराएर बोल्नसमेत लगाइएको बारे क्षेत्रीय सभापति न्हुच्छे नारायण श्रेष्ठलागायत नेताहरुसमेत शंको घेरामा परेको श्रोतले जनाएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।