कुपोषणका कारण एक १० बर्षिया बालकको ज्यान गयो
कपन अनलाइन ,१२ पुष २०७३ |
एकेन्द्र महता
कुपोषणका कारण बाजुरामा एक जना १० बर्षिया बालकको ज्यान गएको छ । शुदुरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको वाई गाविस वाडा नम्बर ७ का राज बहादुर धामीको कुपोषण भई क्षयरोगको संक्रमण भएको र रोगको समयमै उपचार नपाउँदा ज्यान गुमाउनु परेको हो ।
करिब एक महिना अघि देखि नै उपचारका लागि जिल्लाको वाई गाविसमा रहेको स्वास्थ्य चौकीमा गएका र त्याहा उपचार हुन नसक्दा धामीलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गरीएको थियो । वाई गाविसमा रहेको स्वास्थ्य चौकीमा परीक्षण गर्ने प्रयाप्त स्रोत साधन नभएका कारण उपचार हुन सकको थिएन । उता कोल्टी प्राथमिक केन्द्रले फेरी बाहिर जिल्लाका लागि रिफर गरेको थियो । जिल्ला बाहिर गएर उपचार गराउन प्रयाप्त रकम नपाउँदा उनले ज्यान गुमाउनु परेको हो ।
नेपाल सरकारले क्षयरोगको प्रत्येक स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचार हुने ब्यवस्था गरेको दाबी गर्दै आएको भए पनि स्वास्थ्य केन्द्रमा दुई महिना देखी खकार परीक्षण गर्ने केमिकल नभएका कारण क्षयरोगको शंका लागेका बिरामी बाहिर रिफर गर्नु पर्ने बाध्यता रहेको छ ।