एमाले सांसद डा तुलाधारलाई विद्यावारिधिका लागि अन्तर्राष्ट्रिय पुरस्कार

 

कपन अनलाइन, काठमाडौँ, ८ पुस, २०७३

 पूवशिक्षा मन्त्री एवम् नेकपा (एमाले)का सांसद डा गङ्गालाल तुलाधरले उत्कृष्ट शोधबापतको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्  । जापानको सिमानी विश्वविद्यालयले डा तुलाधरले विद्यावारिधिका लागि प्रस्तुत गर्नुभएको शोध अनुसन्धानबापत उनलाई सो अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । सो पुरस्कारको राशि रु एक लाख ३० हजारसहित सम्मानपत्र रहेको छ । पुरस्कार प्राप्त गर्ने उनी पहिलो नेपाली हुनुहुन्छ ।

सो विश्वविद्यालयअन्तर्गतको इन्टरनेसनल अन जियो डिजास्टर रिडक्सन विभागका निर्देशक फाउ वाङले आज यहाँ आयोजित कार्यक्रममा डा तुलाधरलाई सो पुरस्कार प्रदान गरे । सांसद तुलाधरले जापानबाट नै विपद् जोखिम व्यवस्थापनमा स्थानीय अगुवाको बुझाई शोध शीर्षकमा विद्यावारिधि गरेका थिए । उनले नेपालका हिमाल, पहाड, तराई सबै क्षेत्र समेटी १९ जिल्लामा अनुसन्धान गर्नुभएको थियो । गोरखा भूकम्पपूर्व सम्पन्न सो अनुसन्धानले स्थानीय समुदायले विपद् व्यवस्थापनमा ज्ञानको कमी पाइएको निष्कर्ष निस्किएको थियो ।

तपाइँको प्रतिक्रिया ।