अछाममा दुई जनाको छुट्टा छुट्टै कारणले मृत्युु

कपन अनलाइन, पौष ७, २०७३ 

अछाम जिल्लामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको ऋषिदह गाविसमा एक महिलाको भिर बाट खस्दा मृत्यु भएको हो । ऋषिदह गाविस वडा नं. ८ निवासी २० बर्षिया सकुन्तला बिष्टको आज बिहान ८ बजे भिरबाट खसेर मृत्यु जनाईएको होे । गाविसमा रहेको मौभेराको घाडी भन्ने भिर बाट २ सय मिटर तल खस्दा ज्यान गएको उनका आफन्तले बताएका छन ।

मृतकको घट्ना स्थलमै ज्यान गएको थियो । मृतक बिष्टकी १ छोरी र श्रीमान रहेका स्थानिय गंग बहादुर खड्काले जानकारी दिनु भएको छ । यस्तै अछामको बुढिगँगा नदिमा एकजनाको बगेर मुत्यु भएको छ । साँफेबगर नगरपालिका वडा नम्बर ७ पायडी निवासि अन्दाजी ३५ वर्षिय विक्रम बुडथापाको नदीमा बगेर मृत्यु भएको हो । मंगलबार घरबाट निस्केका बुडथापाको खोजि गर्दा बुढिगंगा नदिको बिच भाग कुमालबगर भन्ने ठाउँमा नदिमा माछा मार्दै आईरहेका एक स्थायिन वासिन्दाले लास भेटेपछि ईलाका प्रहरी कार्यालय साँफेबगरलाई जानकारी गराएपछि लासको पहिचान भएको हो । मृतक बुडथापाको लासको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याईएको ईलाका प्रहरी कार्यालय साँफेबगरका ईन्सपेक्टर असिम चन्द्र शाहले जानकारी दिनु भयो ।

 

तपाइँको प्रतिक्रिया ।