आइतवार तेज रोक्काको क्रिसमस अवसरमा शुभकामना तथा भेटघाट कार्यक्रम

आइतवार तेज रोक्काको क्रिसमस अवसरमा शुभकामना तथा भेटघाट कार्यक्रम

कपन अनलाइन, पौष ८, २०७३

सामाज सेवामा चिनिएका तेजबहादुर रोक्काले क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेका छन् । इशाई धर्माबलम्वी रोक्काले क्रिसमसको अवसरमा सामजका सवै तह र तप्काका व्यक्तिहरुलाई समेटेर कार्यक्रम राख्न खोजेको जनाएका छन् । गोपिकृष्ण हल नजिक रहेको रोक्काको आफ्नै सारा चर्चमा सो कार्यक्रम आयोजना हुनेछ ।

२५ डिसेम्बर अर्थात पौष १० गते आइतवार आयोजना हुने कार्यक्रममा रोक्काले राजनीतिक दलका व्यक्तित्वहरुलाई पनि अतिथिको रुपमा बोलाएका छन् । क्रिसमस तथा अंग्रेजी पात्रोको नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको सो कार्यक्रम बिहान ८.३० बजे हुने उनले बताए । नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका रोक्का हालै क्रिस्चियन महासंघका केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

तपाइँको प्रतिक्रिया ।