वास्तविकता वुझेर मात्र मानव अधिकारकर्मी र संचारकर्मीले मुद्धाको उठान गर्नु पर्ने सरोकार वालाको भनाई

कपन अनलाइन, पुस ७, २०७३/एकेन्द्र महता, अछाम
अधिकार हननका घटनाहरु न्यूनिकरणका लागि मानव अधिकारकर्मी, संचारकर्मी र कानुनको क्षेत्रमा काम गर्नेहरुबीच समन्वय हुन अति जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले औँल्याएका छन । वुधवार मंगलसेनमा ईन्सेक क्षेत्रिय कार्यालयद्धारा आयोजित पत्रकार र मानव अधिकारकर्मीहरुबीच साझेदारी वैठकका सहभागीहरुले यस्तो औल्याएका हुन । वैठकमा कुनै पनी मानव अधिकार हनन्का घटनाहरुको वास्तविकतालाई वुझेर मात्र मानव अधिकारकर्मि र संचारकर्मिहरुले मुद्धाको उठान गर्नु पर्ने विष्कर्ष निकालिएको हो ।

 

सबैभन्दा जोखिममा संचारकर्मी पर्ने भएकाले सवै संचारकर्मीहरुले आफ्नो सुरक्षाका लागि एकतावद्ध हुन जरुरी भएको ईन्सेकका सुदुरपश्चिम क्षेत्रिय संयोजक खड्कराज जोसीले सुझाव दिनु भयो । सुदुरपश्चिममा अझैपनि करिव ८० प्रतिशत घट्ना महिला हिंसाका भएको जानकारी गराउँदै संयोजक जोसीले यो समस्या समाधानका लागि संचारकर्मी, मानव अधिकारकर्मी र न्यायकर्मीहरुले आपसमा समन्वय गरी अगाडी बढ्नु पर्ने सुझाव दिनु भयो । अहिलेको युगमा पनी छाउपडी, दाईजो, बोक्सी, घरेलु हिंसा र वाल विवाह जस्ता कुरिती र कुप्रथाले अछाम जिल्ला लगाएत सिंगो सुदुरपश्चिमको वेइज्जती भएकाले यसको अन्त्यका लागि सवैले आ आफ्नो क्षेत्रवाट लाग्नु पर्नेमा सबैको जोड रहेको थियो ।

 

ईन्सेकका सुदुरपश्चिम क्षेत्रीय संयोजक खड्कराज जोसीको अध्यक्षतामा भएको बैठकमा ईन्सेकका वरिष्ठ अधिकृत शुशिल चौधरी, वार एसोसियसन अछामका अध्यक्ष कृष्ण प्रसादढुंगाना, गैसस महासंघ अछामका अध्यक्ष खडक खड्का, महिला मानव अधिकारकर्मि सरिता उपाध्याय, विन्दु रावल, अप्सरा कुँवर लगायत जिल्लाका सवै संचारमाध्यममा कार्यरत संचारकर्मिहरुको सहभागिता रहेको थियो । वैठकको संचालन ईन्सेकका अछाम प्रतिनिधी शिवराज ढुंगानाले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।