विद्यालयलाई कम्प्युटर

विद्यालयलाई कम्प्युटर

कपन अनलाइन, पोखरा, २ पुस ।

कास्कीको देउराली गाविसस्थित उकालीमा रहेको विश्व शान्ति माविमा युनाईटेड क्लब पोखराद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुका साथै कम्प्युटर प्रदान गरिएको छ ।

बर्सेनि पोखरा महोत्सवको आयोजना गरी सङ्कलन भएको रकमबाट विभिन्न सामाजिक क्रियाकलापमा अग्रसरता देखाउँदै आएको क्लबले सो विद्यालयमा ५० हजारको अक्षयकोषको स्थापना गरी तीन थान कम्प्युटर प्रदान गरेको हो ।
युनाइटेड क्लबका पदाधिकारीले संयुक्तरुपमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रज्वल शर्मा पङ्गेनी र प्रधानाध्यापक वसन्त पहारीलाई चेक र कम्प्यूटर हस्तान्तरण गर्नुभयो ।

क्लबले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको क्लबका पूर्वअध्यक्ष हिमालयन बख्रेलले जानकारी दिनुभयो ।

क्लबले यसअघि अमरसिंह उच्च मावि, कालिका उच्च मावि, भगवती निमावि, महेन्द्र उच्च मावि, मसिना प्रावि, चन्द्रज्योति उच्च माविमा अक्षयकोष स्थापना गरिसकेको छ । रासस

तपाइँको प्रतिक्रिया ।