कालीदेवी प्राथमिक विद्यालयलाई लाईट टु हिमालयको सहयोग

कालीदेवी  प्राथमिक विद्यालयलाई लाईट टु हिमालयको सहयोग

कपन अनलाइन, मङ्सिर  २७  रामेछाप ।

(प्रेम गुरागाईं) 

लाईट टु हिमालयले रामेछापको माकादुमस्थित कालीदेवी  प्राथमिक विद्यालयलाई र विद्यार्थीलाई १ लाख ४ हजार रुपैयाँको बरावरको सामाग्री सहयोग प्रदान गरेको छ । ललाईट टु हिमालयका अध्यक्ष मणि खतिवडाले माकादुमको कालिदेवि प्रा। विका १०४ जना विद्यार्थीलाई कपि,कलम ,खेल समाग्रि सहयोगहरु गरेका हुन ।

सोही विद्यालयका १६ जना गरिव तथा विपन्न विद्यार्थीहरुलाई जाडोवाट बच्नका लागि न्यानो कपडा समेत पदान गरेका छन ।ताप्लेजुङमा जन्मिएर उच्च शिक्ष हाशिल गर्ने क्रममा काठमाडौं प्रवेश गरेर हाल पर्यटन ब्यवसायमा आवद्ध खतिवडाले आफ्नो कमाईको केही रकम र केही सहयोग जुटाएर विकट क्षेत्रका विद्यार्थीलाई सहयोग गर्ने गरेको र सोही अनुरुप यो पटक यस क्षेत्रका विद्यार्थीलाई सहयो गरेको बताएका छन । खतिवडाले सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाको शिक्षाका लागि लाईट टु हिमालयको तर्फबाट रकम सहयोग गरिएको र भविष्यमा पनि अन्य विद्यालयलाई सहयोग उपलब्ध गराइने प्रतिबद्धता गरेका छन ।

तपाइँको प्रतिक्रिया ।