अनसन बसेका शाहिको अनसन तोडियो
कपन अनलाइन, अछाम,२८ मङ्सिर ।
(एकेन्द्र महता)
आफनो गाउमा निवार्चन क्षेत्र विकासको रकम नपरेको भन्दै ४ दिन देखि अनशन बसेका नेकपा एमाले नाडा गाउ कमिटिका पूर्व अध्यक्ष तेजबहादुर शाहिले सोमबार अनशन तोडेका छन ।अछाम निर्वाचन क्षेत्र नं २ का संसाद भरत साउद संग अछामका प्रमुख जिल्ला अधिकारी कोषलराज शर्मा तिमिलसैनाले गरेको विषेश परार्मशर पछि अनशन रत शाहिले अछामका स्थानिय विकास अधिकारी तोयानारायण सुवेदिले जुस खुवाय पछि अनशन तोडेका हनु । आफनो कार्यालयबाट संचालन गरिएको कामको अनुगमन गर्न नाडा पुगेका स्थानिय विकास अधिकारी संग अनसनरत शाहिले आफनो गाउ समाजमा भैरहेको समस्या र बजेटका बारेका जोडदार माग राखेका थिए । करिव चार दिन देखि अनशन रत शाहिले संसद भरत साउद अछामका प्रमुख जिल्ला अधिकारी कोषल राज शर्मा तिमिलसैना , र अछामका स्थानिय विकास अधिकारी संग छलफल भए पछि अनशन तोडिएको बताईएको छ ।
स्थानिय विकास अधिकारद्धारा कम्मल वितरण
अछाम जिल्लाको दुर्गम तृर्माखाद क्षेत्रमा बसोबास गदै आई रहेका राउटे जातिलाई चिसो बाट बचाउन कम्मल वितरण गरिएको छ । जिल्लाको तृर्माखाद क्षेत्रको कोलिमोरा र जंगलघाट परिफेरिमा बसो बास गरिरहेका राउटेका २८ परिवारलाई चिसोबाट बचाउन १ सय ४९ सेट कम्मल वितरण गरिएको हो ।अछामका प्रमुख जिल्ला अधिकारी कोषलराज शर्मा तिमिलसेनाको पहलमा यूनिसेफ नेपाल बाट प्रप्त कम्मल राउटे परवारलाई अछामका स्थानिय विकास अधिकारी तोयानारायण सुवेदिले राउटे बास स्थानमै पुगेर कम्ल वितरण गरिएका हुन । लोप अनमुख राउटे जातिका परिवारलाई चिसो बाट बचाउन आफनो पहलमा कम्मल वितरण गरिएको अछामका प्रमुख जिल्ला अधिकारी कोषल राज शार्म तिमिलसैनाले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया ।