ऐननियमको अधीनमा रही काम गर्न अनुरोध

ऐननियमको अधीनमा रही काम गर्न अनुरोध

कपन अनलाइन, रसुवा, २० मङ्सिर ।

भ्रष्टाचार न्यूनीकरणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचेतना कार्यक्रम अगाडि बढाएको छ ।

आयोगका क्षेत्रीय कार्यालय हेटौँडाका प्रमुख मित्रलाल रेग्मीले भ्रष्टाचार नियन्त्रणमा आयोगले खेल्ने भूमिका, अनुचित कार्य मानिने अवस्था, अनुसन्धान र असुलउपर वा मुद्दा चल्ने प्रक्रियाका बारेमा प्रस्ट पार्दै ऐननियमको अधीनमा रही काम गर्न÷गराउन राष्ट्रसेवकलाई आग्रह गर्नुभयो ।

आयोगका उपसचिव नरेन्द्र भट्टराईले आयोगमा जिल्लाबाट कुनै उजुरी नपरेको जानकारी दिँदै कुनै ठाउँमा गैरकानुन तवरको कार्य भए फ्याक्स, इमेल, टेलिफोन वा हुलाकबाट जानकारी पठाई अनुसन्धानमा सहयोग गर्न स्थानीयवासीलाई अनुरोध गर्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।