दोब्बर शुल्क वृद्धिविरुद्ध विद्यार्थी आन्दोलित

कपन अनलाइन, रोल्पा, ७ मङ्सिर ।

जलजला बहुमुखी क्याम्पसमा गरिएको शुल्क वृद्धिविरुद्ध विद्यार्थीले क्याम्पस प्रशासन समक्ष आज चर्काे शुल्क वृद्धि फिर्ता हुनुपर्ने माग गरेका छन् ।

स्नातक तहमा अध्यनरत विद्यार्थीले बुझाएको पाँचबुँदे ज्ञापनपत्रमा यथेष्ट पुस्तकसहितको पुस्तकालय व्यवस्था हुनुपर्ने, निर्माण व्यवसायीबाट क्याम्पस भवन हस्तान्तरण हुनुपर्ने लगायत माग रहेको विद्यार्थी विनोद डाँगीले बताउनुभयो ।

क्याम्पसले विद्यार्थीको भर्ना शुल्क रु तीन हजार छ सयबाट रु सात हजार, प्रमाणपत्र शुल्क रु दुई हजारबाट चार रु हजार र मासिक शुल्क रु पाँच सयबाट रु सात सय पु¥याएको छ ।

ग्रामीण भेगबाट अध्ययन गर्न आउने विद्यार्थीलाई यसले ठूलो असर गर्ने नेपाल विद्यार्थी सङ्घ रोल्पाका अध्यक्ष शेरबहादुर थापाले बताउनुभयो ।

क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले आयस्रोत निकै कम भएकाले क्याम्पस सञ्चालक समितिले शुल्क वृद्धि गरेको हुँदा विद्यार्थीको मागबारे अविलम्ब समितिको बैठकबाट पुनर्विचार गरिने जानकारी दिनभयो । रासस

तपाइँको प्रतिक्रिया ।