नेपालमा सडक दुर्घटनामा वर्षेनी २ हजारको मृत्यू हुने

नेपालमा सडक दुर्घटनामा वर्षेनी २ हजारको मृत्यू हुने

कपन अनलाइन, काठमाडौँ, ५ मङ्सिर, २०७३

maxresdefault

ट्राफिक प्रहरी महाशाखाले नेपालमा हरेक वर्ष करिब २ हजार मानिसको ज्यान जाने बताएको छ ।  प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले नेपालमा बर्सेनि दुई हजार व्यक्तिको सडक दुर्घटनामा मृत्यु हुने गरेको जानकारी दिँदै यो रोक्न व्यक्तिको व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएका छन् । आज साँझ ‘सडक दुर्घटनाका पीडितको स्मरण दिवस’ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले यहाँ आज दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले सो जानकारी दिएका हुन् ।

माइतीघर मण्डलामा आयोजना गरिएको दीप प्रज्वलनमा ट्राफिक प्रहरीका साथै ठूलो सङख्यामा युवा, विद्यार्थीको सहभागिता रहेको थियो ।अर्यालले दुर्घटनालाई न्यूनीकरण गर्न सडक सुरक्षा राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सडक दुर्घटनामा परी घाइते भएका बाबुराम मिश्रले आफूले हतार गरी सवारी चलाएकै कारण दुर्घटनामा परेको बताउँदै सवारी चलाउँदै हतारो नगर्न सुझाव दिए । नेपालमा सडक दुर्घटनामा परी औसत दैनिक पाँच जनाको मृत्यु र १२ जना घाइते हुने गरेको तथ्याङ्क छ ।

तपाइँको प्रतिक्रिया ।