एमाले क्षेत्र नं ४ को १ महिने महिला प्रशिक्षण भेला शुरू

एमाले क्षेत्र नं ४ को १ महिने महिला प्रशिक्षण भेला शुरू

14915639_10154771010596834_4743818999737690576_n-1

फोटो: दिपेश थापा मगर, कपन अनलाइन

पुनम गौतम, कपनअनलाइन , काठमाडौं ५ मङ्सिर ।

नेकपा (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नं ४ को एकमहिने महिला प्रशिक्षण भेला औपचारिक रूपमा सुरु भएको छ । हिजोबाट काठमाडौं मित्रपार्क स्थित गोल्डेनलाइट पार्टी प्यालेसमा औपचारिकरुपमा सुरु भएको एकमहिने महिला प्रशिक्षण भेलालाई पार्टीका पोलिटब्युरो सदस्य तथा अनेम संघका महासचिव थममायाँ थापाले उद्घाटन गरेकी छिन्  ।भेला  कार्यक्रम मा केन्द्रीय सदस्यहरू साबीत्रा भुसाल, टंक कार्की तथा काठमाडौं निर्वाचन ४ का सांसद डा. राजन भट्टराईको उपस्थिति रहेको थियो ।

नेकपा (एमाले) निर्वाचन क्षेत्र नम्बर चारका सचिव ध्रुवराज न्यौपानेका अनुसार प्रशिक्षण भेलामा क्षेत्रभरीका एकहजार महिला पार्टी कार्यकर्ताको सहभागिता हुनेछ । मङ्सिर अन्त्यमा सम्पन्न हुने सो भेलाले महिला पार्टी कार्यकर्तालाई वर्तमान अवस्थामा पार्टी कार्यकर्ताले खेल्नुपर्ने भूमिकाको विषयमा प्रशिक्षण दिइने छ । कार्यक्रममा सम्बोधन गर्दै नेकपा (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का अध्यक्ष कुसुकुमार कार्कीले ‘हामीले एकै दिन एकै समयमा सम्पूर्ण शाखाहरूमा भेला प्रशिक्षण सम्पन्न गर्यौ। हामीले एउटा प्रयोग सफल रूपले सम्पन्न गर्यौ। अव हामी अर्को अभियानमा छौं । यो महीना भर महिला परिचालनको महीना हुने छ ।’

आगामी स्थानीय निर्वाचनलाई र संविधान कार्यान्वयन समेतलाई ध्यानमा राखेर क्षेत्रको पार्टी सङ्गठनलाई मजबुत बनाउन र गाउँघरसम्म सङ्गठन पुर्याउन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको नेकपा (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नम्बर चारले बताएको छ । उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरूले काठमाडौं निर्वाचन क्षेत्र नम्बर चारका महिला पार्टी कार्यकर्तालाई प्रशिक्षण दिइने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।