कपनमा हुने नेपाली कांग्रेसको क्षेत्रीय भेलाको तयारी अत्यन्त सुस्त
नेपाली कांग्रेसको क्षेत्रीय भेलाको मिति नजिकिँदै गर्दा यसको तयारीको अवस्था भने अत्यन्त सुस्त देखिएको छ । केन्द्रीय सभापति आउने भनिएको कार्यक्रम कपन महोत्सवको अन्तिम दिन पर्नै भएकोले यस अघि पनि विवादमा रहेको थियो । क्षेत्रीय सम्मेलनको तयारीको स्वरुपको समिक्षाको लागि ०६९ आश्विन ८ गते बसेको बैठकमा अधिकांश वक्ताले आयोजनाको तयारी अत्यन्त कमजोर रहेको टिप्पणी गरे ।
केन्द्रीय सदस्य तथा पूर्व सभासद् गगन थापाको उपस्थितिमा भएको वैठकमा बोल्ने धेरै स्थानीय नेताहरु आफूलाई स्थान नदिएको रुष्ट देखिन्थे । निमन्त्रणा कार्ड अझै बाँड्ने कार्य नभएको र निम्तो दिनु पर्ने कतिपय व्यक्तिहरुलाई निम्तो दिेने वातावरण नबनेकोमा धेरेले आपत्ति प्रकट गरे । वैठकलाई सम्बोधन गर्दै ने.का केन्द्रीय सदस्य गगन थापाले कपन हुन लागेका यो ऐतिहासिक काम भएकोले सबै कार्यकर्ता, सुभेच्छुक तथा जनसमुदायलाई समेटेर अगाडि बढ्न निर्देशन दिए । यो कार्यक्रम सफलता र विफलताले भोलीको कांग्रेसको राजनीतिकसँग समेत प्रभाव पार्ने भएकोले सबैलाई आआफ्नो क्षेत्रबाट सक्रिइ भई अगाडि बढ्नु पर्ने उनको भनाई थियो ।
बैठकले विभिन्न व्यक्तिहरुलाई तत्काल निर्माण गर्नु पर्ने विषयसँग महत्व राख्दै जिम्मेवारी प्रदान गरेको थियो । बैठकमा नुच्छे नारायण श्रेष्ठ, विनोद चालिसे, राजाराम बुढाथोकी, रामकृष्ण केसी, अच्युत पौडेल, सागर बैजुलगायतले बोलेका थिए ।