शिक्षा मन्त्री पौडेल

कपन अनलाइन, चितवन, ३ मङ्सिर ।

शिक्षा मन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय बीचको विवाद समाधानका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विवाद सामाधानका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन संशोधनको तयारी अघि बढिरहेको जानकारी दिनुभयो । यसका लागि सारोकारवालासँग छलफल भइरहेको बताउँदै उहाँले ऐन संशोधनपछि दुबै विश्वविद्यालय बीचको विवाद समाधान हुने उल्लेख गर्नुुभयो ।

यसका लागि कार्यदल बनाएर प्रतिवेदन तयार गर्ने काम भइरहेको भन्दै मन्त्री पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ऐन संशोधन गरिने बताउनुभयो ।

राजनीतिक दलहरुको प्रतिबद्धता र प्रयत्नका कारण विश्वविद्यालय स्थापना गरिएको हो भन्दै उहाँले अहिलेको विवाद समाधानका लागि पनि दलहरुको प्रतिबद्धता आवश्यक छ भन्नुभयोे ।

एक फरक प्रसङ्गमा मन्त्री पौडेलले मधेसवादी दलका समस्या समाधानका लागि सरकारले त्रिपक्षीय छलफल गरिरहेकोे छ भन्दै छलफलपछि संविधान संशोधनको मस्यौदा पेस गरिने बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।