करिडोर क्षेत्रका चामल उद्योग धराशायी

करिडोर क्षेत्रका चामल उद्योग धराशायी

कपन अनलाइन, पथरी (मोरङ), २ मङ्सिर ।

मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका चामल उद्योग धराशायी भएका छन् ।

नेपाली व्यापारीले भारतबाट चामल आयात गर्न थालेपछि यहाँका चामल उद्योग धराशायी भएका हुन् । चामल उद्योगी तथा मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष अविनाश बोहरा भारतबाट सस्तो मूल्यमा यहाँका खुद्रा व्यापारीले चामल आयात गर्ने गरेका बताउनुहुन्छ । भारतबाट आयात गरेको चामलको तुलनामा करिडोर क्षेत्रका उद्योगले उत्पादन गर्ने चामल महँगो पर्ने भएकाले यहाँका उद्योग सङ्कटमा परेका हुन ।

“स्वदेशी चामल उद्योगको प्रवद्र्धनका लागि सरकारले सहुलियत प्रदान गर्नुपर्छ,” उहाँले भन्नुभयो । चामल उद्योगी श्रवण अग्रवालका अनुसार भारतीय चामलको आयात नरोकिए नेपाली चामल उद्योग बन्द हुने अवस्था छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गाना आव २०७२÷७३ मा रु दुई अर्ब १७ करोड मूल्य बराबरको ६० हजार ६०० मेट्रिक टन चामल आयत भएको बताउनुहुन्छ । त्यसैगरी आव २०७३÷७४ को असोजमसान्त सम्ममा रु दुई अर्ब २७ करोड मूल्य बराबरको १० हजार १९२ मेट्रिक टन चामल आयात गरिएको छ । आव २०७१÷७२ मा ६० हजार ६०० मेट्रिक टन चामल आयत गरिएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।